Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
थारू र पहाडी मिलेर बस्नु पर्छ: देउवा - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १०, २०७२

थारू र पहाडी मिलेर बस्नु पर्छ: देउवा

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारू र पहाडी समुदाय आपसमा मिलेर बस्नुको विकल्प नभएको बताएका छन् ।

नेपाल प्रेस युनियनले कैलालीमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता देउवाले कैलाली, कञ्चनपुरमा बसाइँ सरेर पहाडबाट आएका पहाडी र दाङबाट आएका थारू अब पुरानै स्थानमा जान नसक्ने भन्दै सबै एकआपसमा मिलेर बस्नुपर्ने बताएका हुन् ।

उनले थारुबहुल क्षेत्रलाई विशेष अधिकार सहितको स्वायत्त क्षेत्र बनाउन सकिने भन्दै त्यसका लागि अन्य दलहरुसँग छलफल गर्ने पनि बताए ।

आफ्नै नेतृत्वको सरकारले पश्चिम तराईमा व्याप्त रहेको कमैया प्रथाको अन्त्य गरेको स्मरण गराउँदै देउवाले थारूलाई नपुगेको अधिकार दिन आफूले पहल गर्ने आश्वासन दिए ।

कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा समेटेर प्रदेश निर्माण हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन भइरहेका बेला देउवाले यो धारण राखेका हुन् ।

संविधान सशोधनका लागि कांग्रेसको पहलमा दर्ता भएको संशोधन प्रस्ताव पारित भएमा माग सम्बोधन हुने भन्दै उनले आन्दोलनरत पक्षलाई वार्तामा आई समस्याको समाधान खोज्न आग्रह गरे ।

कांग्रेसको आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने वा नदिने बारेमा भने उनले प्रष्ट भन्न चाहेनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>