समाचारशुक्रबार, पौष १०, २०७२

राष्ट्रपति भण्डारीले पशुपतिमा विशेष पूजा गर्ने

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै १३ पुसमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएकी छन् ।

मुलुकमा भइरहेको सङ्कटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले सोमबार राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिए ।

“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुहुनेछ, बिहान ९:३० बजे पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको छ”–सदस्यसचिव डा टन्डनले भने ।

पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपति परिसरमा बिताउने कार्यक्रम छ ।

राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हुनेछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>