थप समाचारशुक्रबार, पौष १०, २०७२

विवेकशील नेपालीद्वारा बारामा न्यानो लुगा वितरण

हिमालखबर

विवेकशील नेपाली, बाराले बाराको मनहर्वा– ९ स्थित मुसहर बस्ती र बेहरी गाउँका दलित, असहाय तथा बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

मनहर्वाको कुसमाडीस्थित मुसहर बस्तीका ५७ घरपरिवारका २५७ जनालाई विवेकशील नेपालीका युवाहरुले न्यानो लुगा तथा ओढ्ने ब्ल्याङकेट वितरण गरेको हो ।

बिपन्न समुदायका लागि यसअघि पाँच दिनसम्म सिमरामा नयाँ तथा पुराना लुगा सङ्कलन अभियान सञ्चालन गरिएको थियो ।

परालमाथि बोरा ओछ्याएर र सुकुल ओढेर सुत्न परिरहेका बेला न्यानो कपडा पाउँदा निकै खुशी लागेको मुसहर बस्तीका पीडितहरुले बताएका छन् ।

आयोजक बिवेकशील नेपालीले मुसहर बस्तीबाट शुरु भएको न्यानो लुगा बितरण अभियानलाई निरन्तरता दिने बताएको छ ।

लुगा महङ्गो भयो
शीतलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्धबृद्धा तथा बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिएको तराई सिमरा हास्पिटलका चिकित्सक डा.रविन्द्रकुमार सिंहले बताए ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

बालबालिका र बृद्धबृद्धाहरुमा विशेषगरी निमोनिया र दम खोकीको असर देखा परेको उनको भनाई छ ।

लामो समयदेखिको आन्दोन र नाकाबन्दीका कारण लुगा निकै महङ्गो भएको र किन्न नसकिएको स्थानीय उपभोक्ता सुगन्धी पासवान बताउँछिन् ।

कपडा ब्यवसायीहरुका अनुसार नाकाबन्दी तथा आन्दोलनका कारण कपडाको आपूर्ति ठप्प भएकाले कपडाको मूल्य महंगो भएको हो ।

विगतमा जाडो याममा विपन्न परिवारलाई विभिन्न संघ–संस्थाले राहत स्वरुप कम्बल वितरण गरेको भए पनि यसपाली विवेकशील बाहेक कसैले पनि न्यानो कपडा र अन्य राहत वितरण गरेको छैन ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>