Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सय दिन पुगेपछि सरकार ढाल्नुपर्छः किराँती - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १०, २०७२

सय दिन पुगेपछि सरकार ढाल्नुपर्छः किराँती

हिमालखबर

kiratiसत्तारुढ दल एमाओवादीको स्थायी कमिटी सदस्य गोपाल किराँतीले केपी ओली नेतृत्वको सरकार गठन भएको सय दिन पुगेपछि सरकार ढाल्नुपर्ने बताएका छन् ।

१० पुसमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै किराँतीले भने, “सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले ढाल्नुपर्छ ।”

उनले ओली नेतृत्वको सरकार मुलुकका लागि भार बनेको दाबी गर्दै एमाओवादी सरकारबाट फिर्ता हुनुपर्ने धारणा आफूले केन्द्रीय कमिटी बैठकमा पनि राखेको र त्यतीबेला नै अध्यक्ष पुष्पकमल दाहालले कम्तिमा एक सय दिन पर्खिनुस भनेको पनि उनले बताए ।

साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार नै गलत चिन्तनबाट निर्माण भएकोले यसले जनतासँग सरोकार नराखेको आरोप लगाउँदै आईतवारको संसद बैठकमा भूकम्प पीडितको राहत र पुर्ननिर्माणको विषयमा काग्रेसले आवाज उठाउने बताए ।

कालोबजारीको नेतृत्व सरकारले गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई भर्ति केन्द्र बनाएर जनताप्रति संबेदनहिन बनेको पनि दाबी गरे । उनले भने, “उखान टुक्का हानेर जिम्मेवारी पुरा हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>