Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुमित्राको सत्प्रयास - Himalkhabar.com

रमझमशुक्रबार, पौष १०, २०७२

सुमित्राको सत्प्रयास

हिमालखबर

ललितकलामा स्नातकोत्तर सिध्याएर फर्किएकी सुमित्रा (३२) गृहजिल्ला रुपन्देहीमा चित्रकला बुझाइरहेकी छन्।

A9oALvXगुल्मीको विकट ठूलोलुम्पेकमा जन्मिएकी सुमित्रा राना मगर सुत्पराईलाई सानैमा चित्रकलाप्रति कुनै मोह थिएन। तर, उमेर बढ्दै जाँदा चित्रमा गाउँघर र मनका बिम्ब पोख्ने चाहना पलायो।

२०५७ सालमा परिवार बुटवल सरेपछि सुमित्राले त्यहींबाट प्रवीणता प्रमाणपत्र तह सिध्याइन्। यतिवेलासम्म उनको कलाकारिताप्रतिको मोह प्रतिबद्धतामा परिणत भइसकेको थियो। दुई वर्षअघि मात्र त्रिभुवन विश्वविद्यालयबाट ललितकलामा स्नातकोत्तर सकेकी उनी अहिले बुटवलमै कलाको महत्व बुझाइरहेकी छन्। त्यसका लागि उनले १५ जेठदेखि फाइन आर्ट कक्षा सञ्चालन गरिरहेकी छन्।

२१ कात्तिकमा बुटवलमा सुमित्राका दुई दर्जन चित्रकला प्रदर्शनमा राखिए। माछालाई केन्द्र बनाएको ती चित्रकला धेरैले प्रशंसा गरे। त्यसो त उनका चित्रकला काठमाडौंमा मात्र होइन, बाङ्लादेशमा समेत देखाइएका छन्। राजधानीका ग्यालरीहरूमा उनका चित्रहरूप्रति ग्राहकको रुचि बढ्दो छ। चित्रकलाबाट आधादर्जन पुरस्कार समेत पाइसकेकी छन्।

झन्डै ७० जना चित्रकार भएको रुपन्देहीमा उनी एक्ली महिला हस्ताक्षर हुन्। जिल्लास्थित कमर्सियल आर्टिस्ट संघका अध्यक्ष एचबी रम्तेल मोफसलमै फर्किएकी सुमित्राबाट रुपन्देहीले धेरै कुरा पाइरहेको बताउँछन्।

राजधानीमा प्रशस्त अवसर भए पनि घर फर्किएकी सुमित्रालाई पनि जिल्लालाई नै कर्म क्षेत्र बनाउँछु भन्ने विश्वास छ। “काठमाडौंका लागि धेरै वरिष्ठ चित्रकारहरू हुनुहुन्छ”, उनी भन्छिन्, “तर रुपन्देहीका लागि मैले केही गर्नुपर्छ भन्ने लागेर फर्किएकी हुँ।”

-दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>