समाचारशुक्रबार, पौष १०, २०७२
मोर्चाले भनेजस्तो सीमाकंन हुँदैनः कांग्रेस नेता महत
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भनेजस्तो गरी सीमाकंन गर्न नसकिने नेपाली कांग्रेसका नेता रामशरण महतले बताएका छन् ।
नेवि संघले जितपुरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता महतले भने, “जति आन्दोलन गरे पनि मोर्चाले भनेजस्तो सीमांकन गर्न सकिदैन, पहाड र मधेश छुट्टिदैन ।”
उनले झापा, मोरङ र सुनसरी जिल्ला कुन प्रदेशमा राख्ने भन्ने निर्णय त्यहीका जनताले गर्ने बताए । महतले नाकाबन्दीले भारतलाई फाइदा नभएको बताए ।
–गोपाल भण्डारी, कपिलवस्तु
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
