समाचारशुक्रबार, पौष १०, २०७२

१३ सचिव र ६ सहसचिवको सरुवा (नामावलीसहित)

हिमालखबर

सरकारले १३ सचिव र ६ सहसचिवको सरुवा गरेको छ । १० पुस साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय र क्षेत्रीय प्रशासन कार्यालयका सचिव तथा सहसचिवको सरुवा गरेको सरकारका प्रवक्ता शेरधन राईले बताए ।

सरकारले जितेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री कार्यालयबाट शहरी विकास मन्त्रालय, अर्जुनबहादुर कार्की सहरी विकास मन्त्रालयबाट भौतिक योजना मन्त्रालय, गजेन्द्रकुमार ठाकुर भौतिक योजनाबाट विज्ञान तथा प्रविधि मन्त्रालय, विजयकुमार मल्लिक प्रधानमन्त्री कार्यालयबाट जनसंख्या मन्त्रालय, सुरेशप्रकाश आचार्य राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय, सुनिलबहादुर मल्ल सूचना आयोगबाट राष्ट्रिय सतर्कता केन्द्र, रमेशकुमार शर्मा महालेखा नियन्त्रक कार्यालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।

यस्तै, कृष्णचन्द्र पौडेललाई वातावरण मन्त्रालयबाट पशुविकास मन्त्रालय, केदारबहादुर अधिकारी पश्चिमान्चल क्षेत्रीय प्रासासन कार्यालयबाट प्रधानमन्त्री कार्यालय, महेस दाहाल मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट प्रधानमन्त्री कार्यालय, राजेन्द्र नेपाल पुर्वाञ्चल क्षेत्रीय कार्यालयबाट महालेखा नियन्त्रण कार्यालय, अइन्द्रप्रसाद उपाध्याय वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट वाणिज्य मन्त्रालयमा र विश्वप्रसाद लम्साल लोक सेवा आयोगबाट आपूर्ती मन्त्रालयमा सरुवा भएका छन् ।

यस्तै, सहसचिवहरु चन्द्रकुमार घिमिरे महावाणिज्यदूतावास कलकत्ताबाट कामू क्षेत्रीय प्रशाशक सूदुर्पश्चिमाञ्चल दिपायल, सशिशेखर श्रेष्ठ युवा मन्त्रालयबाट कामू क्षेत्रीय प्रशाशक मध्यमाञ्चल सुर्खेत, शंकरप्रसाद कोइराला प्रधानमन्त्री कार्यालयबाट कामू क्षेत्रीय प्रशाशक पश्चिमाञ्चल पोखरा, महेन्द्रमान गुरुङ वातावरण मन्त्रालयबाट कामू क्षेत्रीय प्राशासक क्षेत्रीय प्रशासन कार्यालय पुर्वाञ्चाल धनकुटा, लक्ष्मीप्रसाद ढकाल सहसचिव गृहमन्त्रालयबाट कामू क्षेत्रीय पशाशक मध्यमाञ्चल हेटौडा र मधुसुदन अधिकारी भूमिसुधारबाट कामू सचिव राष्ट्रिय पुर्ननिर्मान प्राधिकरणमा सरुवा भएका छन् ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>