समाचारशनिबार, पौष ११, २०७२
नेपालगञ्ज–रुपैडिहा नाका फेरि अवरुद्ध
आज विहानैदेखि नेपालगञ्ज–रुपैडिहा नाका अवरुद्ध भएको छ । मधेशी मोर्चाका कार्यकर्ताहरु भारतीय भूमिमा बसेर धर्ना दिइरहेका छन् ।

तस्वीर: आशिष गुप्ता
आज, ११ पुसमा यो नाकाबाट मध्याह्नसम्म ६ वटा मालबाहक गाडी मात्रै भित्रिएका छन् ।
विहान करिब १० बजे भारतीय सुरक्षा निकाय एसएसबीले २ वटा आलुका ट्रक पास गराउनका लागि मोर्चाका कार्याकर्ताहरुलाई आफ्नो भूमिबाट हटाएको थियो ।
कुहिन लागेका आलु नेपालतर्फ प्रवेश गराएपछि भने एसएसबीले मोर्चा कार्यकर्तालाई भारतीय भूमिमा धर्ना गर्न र नाकाबन्दी गर्न छुट दिएको छ ।
केही दिन अवरुद्ध भएर गत २२ मंसीरदेखि खुलेको यो नाकामा पछिल्लो पटक हिजो १० पुसदेखि मोर्चा कार्यकर्ताले किचलो गर्न थालेका हुन् ।
हिजो विहान केही बेर धर्ना गरेका मोर्चाका कार्यकर्तालाई नेपाल प्रहरीले त्यहाँबाट हटाएको थियो भने एसएसबीले पनि भारतीय भूमिमा धर्ना बस्न दिएको थिएन ।
आज ठूला गाडीहरुलाई धर्नाकारीले रोके पनि मोटरसाइकल, साइकल आवतजावत गर्न दिएका छन् ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
