समाचारशनिबार, पौष ११, २०७२

यो सरकार आफ्नै बोझले ढल्छः देउवा

हिमालखबर

deubaनेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकार ‘आफ्नै बोझले ढल्ने’ दाबी गरेका छन् ।

‘‘यो सरकार आफ्नै बोझले ढल्छ,’’ ११ पुस बिहान महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने ।

सरकारको कार्यशैली र ‘जम्बोे’ मन्त्रिमण्डल गठन भएकोबारे प्रतिक्रिया दिंदै देउवाले जति मन्त्री थपिए त्यति धेरै बोझ हुने आफ्नो अनुभव सुनाए । २०५२ सालमा देउवा प्रधामन्त्री हुदा ४६ जनाको मन्त्रिमण्डल गठन भएको थियो ।

सरकारको ढिलासुस्तीका कारण मधेशी मोर्चासँग वार्ता हुन नसकेको, नाकाबन्दी नखुलेको तथा भूकम्पपीडितका लागि काम नभएको उनको आरोप थियो ।

‘‘यो सरकारले केही काम गर्न सकेको छैन,’’ देउवाले भने । उनले मधेशी मोर्चा र नेपाली कांग्रेसबीच वार्ता भइरहेको बताउदै केही दिनभित्रै सहमति हुन दाबी समेत गरे ।

‘‘औपचारिक/अनौपचारिक रुपमा छलफल भइरहेको छ, केही दिनमा सहमति हुन्छ,’’ उनले भने ।

काग्रेसको आसन्न महाधिवेशनमा सभापति पदको उम्मेदवारीका विषयमा सोधिएको प्रश्नमा भने देउवाले अहिले धेरै कुरा नबोल्ने बताए ।

‘‘महाधिवेशनमा म के गर्छु सबैलाई थाहै छ । अहिले धेरै कुरा नगरौं’’ आफू पक्षीय नेताहरु विमलेन्द्र निधि, चन्द्र भण्डारी, एनपी साउद, रमेश लेखक सहित सुदूरपश्चिम आएका नेता देउवाले कैलाली र कञ्चनपुरको कार्यकर्ताहरुसँग महाधिवशेनका विषयमा छलफल गरेका छन् ।
बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>