Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कृषिका काला हीरा - Himalkhabar.com

थप समाचारशनिबार, पौष ११, २०७२

कृषिका काला हीरा

जीवनप्रसाद राई

विद्वान् वक्ताहरूको कहिल्यै कमी नहुने नीतिनिर्माण तहले कामकाजी कृषि वैज्ञानिकको कुरा सुने देश विकासको खजाना मिल्नेथियो।

डा. केदार बुढाथोकी।

डा. केदार बुढाथोकी।

काठमाडौंका डा. गिरिराज त्रिपाठी र डा. केदार बुढाथोकीलाई सामान्य चिनेकाहरूले मूर्ख र नजिकबाट परिचितले देशका हीरा भन्छन्।

नेपाली समाजमा मुश्किलले भेटिने यस्ता पात्रहरूको कुरै मात्र सुन्न पाउँदा पनि देश विकासको आशा जाग्छ भने उनीहरूको काम हेर्दा भरोशा। त्रिभुवन विश्वविद्यालयका डा. त्रिपाठी दायाँ–बायाँ केही नहेरी कीर्तिपुरदेखि रोल्पाको थवाङसम्म कृषि अनुसन्धानमा व्यस्त छन्।

उनी धुस्रैफुस्रै हप्तौं हिंडेर ट्रोफलको रेखदेख गर्न थवाङ पुग्छन् र त्यही हतारमा कीर्तिपुर आइपुग्छन्– नयाँ प्रजातिको केराको प्रगति नियाल्न।

फ्रान्स, स्पेन र बेलायतमा मात्र व्यावसायिक खेती भइरहेको ट्रोफलको परीक्षण अमेरिका, फिनल्याण्ड र चीनहुँदै नेपाल आइपुगेको छ, डा. त्रिपाठीकै कारण। उनको रेखदेखमा सन् २०११ बाट थवाङमा ट्रोफलको परीक्षण खेती भइरहेको छ।

नेपालको समृद्धिमा ठूलो भरथेग गर्न सक्ने ट्रोफलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो रु.६ लाखसम्म रहेको डा. त्रिपाठी बताउँछन्। उनका अनुसार, माटोमुनि जरामा लाग्ने कालो ढुसी (च्याउ) हो ट्रोफल, जसलाई ‘कालो हीरा’ भन्ने गरिन्छ।

“विश्वका धनीमानीहरूले संजीवनी बुटीको रूपमा खाने यो फलको परीक्षण सफल भयो भने नेपालमा ‘नाउर हन्टिङ’ जस्तै ‘ट्रोफल हन्टिङ’ पर्यटन चलाउन सकिन्छ”, डा. त्रिपाठी भन्छन्।

ट्रोफलको हाँगामा फल र जरामा ढुसी लाग्छ। हाँगाको फलबाट जाम लगायतका महँगा परिकार बन्छ। रुखो–पाखोमै हुने ट्रोफल खेतीका लागि माटोमा पिएच मान ८.०० चाहिन्छ।

डा. गिरिराज त्रिपाठी।

डा. गिरिराज त्रिपाठी।

यसलाई अन्य बिरुवा जस्तो नाइट्रोजन, फस्फोरस, पोटासलगायतका मल चाहिन्न। यसको लागि मल भनेकै चुनढुंगा हो, जुन रोल्पाको धेरै भागमा छ। थवाङको ट्रोफल अनुसन्धानको दैनिक रेखदेख र रिपोर्टिङ राजकुमार रोका मगरले गरिरहेका छन्।

उनकै घरछेउको २० रोपनी जमीनमा लगाइएको ३०० बोट ट्रोफल राम्रैसँग हुर्किरहेको देखियो। परीक्षणको नतीजा आउन भने अझै तीन वर्ष लाग्नेछ।

‘एन्टी क्यान्सर’ कालो धानको सफल परीक्षण गरेका डा. त्रिपाठीलाई संसार बिर्साउने अहिलेको अर्को अनुसन्धान भनेको कीर्तिपुरमै भइरहेको केरा परीक्षण हो। कृषि अनुसन्धानमै सुखसयल देख्ने त्रिपाठीको यो परीक्षण सफल भयो भने नेपाली किसानहरूले एकै घरीमा ४०–५० किलो फल्ने केराको बिरुवा पाउने छन्।

त्यस्तै अर्का कृषि वैज्ञानिक छन्– डा. केदार बुढाथोकी, जो चुरोटको सर्को तान्दै हरदम प्लाष्टिकको टनेलभित्र घोत्लिरहेका हुन्छन्। नेपालमा गोलभेंडा उत्पादन र उपभोगमा उथलपुथल ल्याइदिने यिनै धुस्रेफुस्रे बूढा हुन् भनेर पत्याउन मुश्किल पर्छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा ३५ वर्ष बिताएका उनले वर्षाको समयमा फल्ने विभिन्न थरीका गोलभेंडा विकास गरेका छन्। नेपालीहरूको जिब्रोमा झुन्डिएका सम्झ्ना, सिर्जना, सरिता र शर्मिला नामक गोलभेंडा उनकै सिर्जना हुन्।

अझ् चाखलाग्दो के छ भने, डा. बुढाथोकीले यी नामहरू आफ्नो फार्ममा काम गर्ने महिलाहरूको नामबाट जुराएका हुन्। तीमध्येकी एक सिर्जना आचार्य अहिले अमेरिकामा विद्यावारिधि गर्दैछिन्।

डा. बुढाथोकीले ६५ जातको परीक्षणबाट वर्षात्मा रोग नलाग्ने गोलभेंडा ‘सिर्जना’ विकास गर्दा सिर्जना आचार्य मुख्य सहयोगी थिइन्।

नेपाली परिवेश
डा. केदार बुढाथोकी र डा. गिरिराज त्रिपाठी नेपालका त्यस्ता ‘मूर्ख’ हरू हुन्, जसले मासिक १० हजार डलरसम्मको अन्तर्राष्ट्रिय जागिरको प्रस्ताव त्यागेर आफ्नै देशको धूलोमा काम गर्न रुचाए।

आफ्नै बारीमा स्वतन्त्र रूपमा काम गर्ने भएकोले डा. बुढाथोकीलाई वरिपरिको लप्पनछप्पनसँग खासै पौंठेजोरी खेलिरहनुपर्दैन। दलीय भागबण्डाको राजनीतिले धरासायी बनाउन लागेको त्रिविका वैज्ञानिक डा. त्रिपाठी भन्छन्, “त्रिविभित्रका शक्तिहरूले मेरो बेवास्तातिर ध्यान नदिएर सञ्चले काम गर्न दिएका छन्।”

यी डाक्टरद्वय आफ्नो पेशालाई ‘१०–५ ड्यूटी’ ले धान्न नसक्ने आजीवन कामको क्षेत्र मान्छन्। हाम्रो कृषि अनुसन्धानको वार्षिक रु.३ अर्बभन्दा बढीको बजेट भने १०–५ ड्यूटीमा सकिइरहेको छ।

यो अवस्थामा बजेटको अभाव हुँदा आफ्नै तलब हालेर परियोजना चलाउने वैज्ञानिकहरूको सानो कोटरीमा पर्ने नेपाली कृषि वैज्ञानिक हुन्, डा. त्रिपाठी र डा. बुढाथोकी। उनीहरूका मनभरि योजना, आँखाभरि सपना र हातभरि काम छ।

देशको कृषि–नीति निर्माण तहले चाह्यो भने उनीहरूको योजना र सपनाबाट सबैको हातभरि काम बनाउन सक्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>