अर्थ/बजारसोमबार, मंसिर ११, २०६९

नेपालबाट वार्षिक ३ अर्ब बढी रेमिट्यान्स बाहिरिन्छ

रमेश कुमार

विश्व ब्याङ्कले गत मङ्गलबार प्रकाशित गरेको आप्रवासन र रेमिट्यान्ससम्बन्धि नयाँ प्रतिवेदनले नेपालबाट सन् २०११ म ३९ मिलियन अर्थात अहिलेको विनियम दरमा ३ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा बाहिरिएको तथ्य सार्वजानिक गरेको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा यो शून्य दशमलव २ प्रतिशत हो । नेपालमा रहेका विदेशी नियोग, अन्तरराष्ट्रिय गैर सरकारी संस्था तथा प्रतिष्ठानमा काम गर्ने विदेशीले आफ्नो आयको कमाइ रेमिट्यान्सका रुपमा विदेश पठाएका हुन् ।

विश्व ब्याङ्कको तथ्याङ्कअनुसार, सन् २०१० मा नेपालबाट ३२ मिलियन डलर अर्थात २ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । सन् २००९ मा १२ मिलियन अर्थात १ अर्ब ६ करोड, सन् २००८ मा ५ मिलियन अर्थात ४४ करोड नेपालबाट रेमिट्यान्स बाहिरएको थियो । नेपालबाट सबैभन्दा धेरै सन् २००६ मा ७९ मिलियन अर्थात ६ अर्ब ९७ करोड रेमिट्यान्स बाहिरिएको विश्व ब्याङ्कको तथ्याङ्क छ । सन् २००७ देखि नेपालबाट बाहिरिने रेमिट्यान्स घट्न थालेको हो । नेपालमा कतिपय बहुराष्ट्रिय कम्पनीहरु बन्द भएको तथा विदेशी जनशक्तिको सट्टा नेपालीलाई नै काममा राख्न थालिएका कारण बाहिरिने रेमिट्यान्स घटेको थियो । तर, नेपालमा काम गर्ने विदेशीको सङ्ख्या बढ्न थालेपछि फेरि रेमिट्यान्स बाहिरिने क्रम बढ्न थालेको छ ।

प्रतिवेदनले कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आधार मान्दा रेमिट्यान्सले बढी योगदान पु¥याएका मुलकको छैटौं नम्बरमा नेपाललाई राखेको छ । प्रतिवेदनले नेपालको कुल जीडीपीको २२ प्रतिशत हिस्सा बराबरको रेमिट्यान्स भित्रिने उल्लेख गरेको छ, सबैभन्दा बढी ताजकिस्तानले कुल जीडीपीको ४७ प्रतिशत हिस्सा बराबरको रेमिट्यान्स भित्र्याउँछ । प्रतिवेदनका अनुसार, संसारमा सबैभन्दा धेरै रेमिट्यान्स भारतले (७० अर्ब अमेरिकी डलर ) भित्र्याउँछ । भारतपछि चीनले ६६ अर्ब अमेरिकी डलर रेमिट्यान्सका रुपमा भित्र्याउँछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>