थप समाचारशनिबार, पौष ११, २०७२
अफगानिस्तानमा भूकम्प, इस्लामावाद र नयाँदिल्लीमा पनि धक्का
अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ ।
पाकिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पर्ने अफगानी क्षेत्र आसाकासाममा केन्द्रबिन्दु रहेको ६.३ म्याग्निच्यूडको भूकम्पको गहिराई २०३ किलोमीटर थियो । भूकम्पबाट करिब ३७ जना घाइते भएका छन् । क्षतिको पूर्ण विवरण भने नआइसकेको अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी राज्य पेसावरको खैबर पक्थुन्ख्वामा भूकम्पले बढी क्षति पुगेको छ । घाइते हुने अधिकांश पनि खैबर पक्थुन्ख्वाकै छन् ।
भू्कम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद र भारतीय राजधानी नयाँ दिल्लीमा पनि महशुस भएको थियो
गत अक्टोबरमा पनि सोही क्षेत्रमा आएको भूकम्पमा परी कम्तीमा पनि ३५० जनाको ज्यान गएको थियो ।
सिन्ह्वा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>