रमझमशनिबार, पौष ११, २०७२

भारतीय अभिनेत्री साधनाको निधन

हिमालखबर

भारतीय अभिनेत्री साधनाको मुम्बईको अस्पतालमा १० पुसमा निधन भएको छ ।  ७४ वर्षीया साधना केही समयदेखि विरामी थिइन् ।
sadhana422

उनले ‘आरजु’, ‘मेरे मेहबुब’, ‘लव इन शिमला’, ‘मेरा साया’, ‘वक्त’, ‘आप आए बहार आई’, ‘वो कौन थी’, ‘राजकुमार’, ‘असली नकली’, ‘हम दोनों’ जस्ता धेरै प्रसिद्ध हिन्दी फिल्ममा काम गरेकी थिइन् ।

साधना शिवदासानीकै नाममा ‘साधना कट’ हेयरस्टाइल युवतीहरुमाझ प्रसिद्ध भएको थियो ।

पोहोर मुखको क्यान्सरका कारण साधनाको सर्जरी भएको थियो ।  एक वर्षअघि उनी अभिनेता रणबीर कपुरसँगै र्‍याम्पमा पनि देखिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...