थप समाचारआइतबार, पौष १२, २०७२
मधेशी माेर्चाले कान्तिपुरको गाडी जलायो (तस्वीरहरु)
वीरगञ्जमा पत्रिका वितरणका लागि निस्किएको कान्तिपुर दैनिककाे गाडी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले जलाएका छन् ।
पथलैया सडक खण्डको परवानिपुर चोक अगाडि पत्रिका बोकेको बा १३ च ४९५ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरूले पेट्रोल छर्केर आगो लगाएका हुन् ।
आगलागीबाट गाडी पूर्ण रुपमा जलेको छ । उनीहरुले गाडीमा बसेका पत्रिका वितरक गणेश खडकामाथि हातपात गर्नुको साथै उनको मोबाईल समेत खोसेर लगेका छन् ।
चालक ओमनाथ कावर भने भाग्न सफल भएको परवानिपुरका सहायक प्रहरी निरीक्षक परमानन्द यादवले बताए ।
-जियालाल साह, वीरगञ्ज/तस्वीरहरुः सुरेश बिडारी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
