थप समाचारआइतबार, पौष १२, २०७२
राजेन्द्र महतो अस्पताल भर्ना
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टाउकोमा गम्भीर चोट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ ।
विराटनगरको रानी भन्सार अगाडि मालबाहक गाडीलाई अवरोध गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तासहित बसिरहेको अवस्थामा प्रहरीले धर्नास्थलबाट हटाउन खोजेपछि झडप भएको थियो ।
झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलका अनुसार उनको अवस्था सामान्य रहेको छ ।
उक्त घटनामा ११ जना मोर्चाका कार्यकर्ता र एक प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचजना प्रर्दशनकारीलाई पक्राउ गरिएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>