Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाबुराम बाह्य शक्तिको मोहरा - Himalkhabar.com

अन्तर्वार्ता/विचारसोमबार, मंसिर ११, २०६९

बाबुराम बाह्य शक्तिको मोहरा

हिमालखबर

राष्ट्रपतिले नेपालको अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनका लागि दलहरुलाई गरेको आह्वानलाई १० मंसीरमा बसेको मन्त्रिपरिषद्ले संविधानको मर्म विपरित भन्दै लेखी पठाउने निर्णय गरेको छ । मुलुकमा सहमतिको सरकार गठन भएर निर्वाचनबाट राजनीतिक, संवैधानिक संकटले निकास पाउने अपेक्षा गरिएको राष्ट्रपतिको आह्वान बिपरित आएको सरकारको यो निर्णयले पार्ने प्रभावबारे विश्लेषक मुमाराम खनालसँग गरिएको र्वार्ता संक्षेपमाः

राष्ट्रपतिको आह्वान र त्यसलाई असंवैधानिक भन्ने मन्त्रिपरिषदको निर्णयले आगामी राजनीतिलाई कता डोर्‍याउला ?मन्त्रिपरिषदको यो निर्णयले मुलुकको राजनीतिलाई मुठभेडतर्फ डोर्‍याएको छ । राजनीतिक र संवैधानिक वैधता गुमाएको सरकारले मुलुकलाई संकटबाट निकास दिने राष्ट्रपतिको बाध्यतालाई असंवैधानिक भन्नु सरासर गलत हो ।

मन्त्रिपरिषद्को सिफारिसमा मात्रै राष्ट्रपतिले केही गर्ने हैन ?

सरकार आफैं असंवैधानिक छ । दलहरुको सहमतिबिना आफैं गत ७ मंसीरका लागि घोषणा गरेको निर्वाचन यो सरकारले गराउन सकेन । सरकारले सुशासन पनि दिन सकेको छैन । मुलुकभर भ्रष्टाचार व्याप्त छ । अब यो सरकार अनन्तकालसम्म यसै गरी टिकिरहने संवैधिक व्यवस्था पनि छैन । फेरि मन्त्रिपरिषद्को यो निर्णय ७ मंसीरमा प्रधानमन्त्री आफैंले दिएको सन्देश विपरित पनि छ । त्यो सन्देशमा प्रधानमन्त्रीले सहमतिका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । अहिले राष्ट्रपतिले भनेको पनि सहमति गर भन्ने नै हो ।

प्रधानमन्त्रीले तीन दिनमै किन विचार परिवर्तन गरे होलान त ?
प्रधानमन्त्रीमाथि बाह्य शक्तिको प्रभाव पर्‍यो, उनी मोहरा बनेका छन् । नत्र राष्ट्रपतिले सरकार कामचलाउ भएको जानकारी १६ जेठमा दिंदा त्यो स्वीकारेका प्रधानमन्त्रीले ७ महिनापछि त्यो भनाईलाई संविधान विपरित भन्ने थिएनन् ।

अब सहमतिको सम्भावना झन टाढियो हैन ?
मन्त्रिपरिषद्को यो निर्णयकै आधारमा सहमतिको सम्भावना छैन भन्न मिल्दैन । दलहरुबीच छलफलहरु भइरहेका छन् । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल पनि सहमतिका लागि प्रयासरत् छन् । मन्त्रिपरिषदको यो निर्णय एमाओवादी र मधेशी मोर्चाभित्रका केही व्यक्तिको रहर मात्र हो ।

तपाईको बिचारमा निकासका लागि अब के हुनपर्छ ?
संविधानका धारा केलाएर मात्र समस्या समाधान हुँदैन । दलहरुबीच लोकतन्त्रका स्थापित मूल्य–मान्यताका आधारमा सहमतिको प्रयास हुनुपर्छ । त्यो हुन सकेन भने वर्तमान सरकारविरुद्ध ठूलो नागरिक आन्दोलन हुन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>