थप समाचारआइतबार, पौष १२, २०७२

सरकार छाड्ने हल्ला गलतः दाहाल

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार छाड्ने हल्ला गलत भएको बताएका छन् ।

विराटनगर पुगेका दाहालले भने, “बरु सरकारलाई अझ कसरी प्रभावकारी बनाउनेतर्फ पार्टी अग्रसर हुन्छ, अहिले सरकार छोड्ने कुरा हुँदैन ।”

उनले नाकाबन्दी कसरी हटाउने र मधेशी मोर्चासँगको वार्तालाई कसरी परिणाममुखी बनाउनेतर्फ मात्र ध्यान केन्द्रित रहेकाले सरकार ढाल्ने चर्चा सञ्चार क्षेत्रमा मात्र रहेको बताए ।

अध्यक्ष दाहालले मधेश आन्दोलनको समस्या समाधानका लागि घनीभूत छलफल भइरहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>