समाचारआइतबार, पौष १२, २०७२

मोर्चाको बैठक बस्दै, सरकारसँग वार्ता तोड्ने सद्‌भावनाको प्रस्ताव

हिमालखबर

विराटनगरमा प्रहरीसँग भएको झडपमा सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बोलाइएको छ ।

आजै हुने बैठकमा सद्भावना पार्टीले सरकारसँग हुँदै आएको वार्ता तोड्नुपर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।  सद्भावना महासचिव मनिष सुमनले हिमालखबरसँग भने, “वार्ता छोड्ने प्रस्ताव बैठकमा राख्छौं, यसैबारे छलफल हुन्छ ।”

मोर्चाका अन्य घटक भने वार्ता प्रक्रिया नरोक्ने मनसायमा छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयका अनुसार वार्ता तोड्ने भन्ने निर्णय हुने संभावना निकै कम छ ।

“झडपमा महतो घाइते भएको विषयलाई लिएर वार्ता तोड्ने निर्णय हुने संभावना कम छ,” स्रोत भन्छ, “यसबारे  छलफल भने  हुनेछ ।”  बैठक अाज दिउँसो ३ः३० बजेबाट शुरु हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>