थप समाचारआइतबार, पौष १२, २०७२

महतोलाई चोट लागेपछि राजविराज र वीरगञ्जमा प्रदर्शन

हिमालखबर

02११ पुसमा विराटनगर–जोगवनी नाकामा प्रहरीसँगको झडपमा सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि आज वीरगञ्ज र राजविराजमा प्रदर्शन भइरहेको छ ।

सरकारले प्रहरी परिचालन गरेर आफ्ना नेतामाथि आक्रमण गराएको भन्दै १२ पुस बिहानैदेखि मधेशी मोर्चाका कार्यकर्ताहरुले राजविराज र वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले महतोमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग गर्दै खुलेका सम्पूर्ण पसलहरु बन्द गराएका छन् भने, विभिन्न ठाउँमा टायर बालेका छन् ।

टाउको र घुँडामा चोट लागेका महतोको हिजै विराटनगरको गोल्डेन अस्पतालमा उपचार भएको थियो । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
विराटनगर–जोगवनी नाकामा झडप, महतो घाइते

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...