समाचारआइतबार, पौष १२, २०७२

मोर्चाद्वारा दुई सरकारी कार्यालयमा आगजनी र तोडफोड

हिमालखबर

जनकपुरमा मधेशी मोर्चाका कार्यकर्ताले दुई सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

जनकपुरको पिडारीचोकस्थित जनकपुर पर्यटन कार्यालय र रामानन्दचोकस्थित खानेपानी संस्थान कार्यालयमा मधेशकेन्द्रित दलका कार्यकर्ताले आगजनी गरेका हुन् ।

आगजनीबाट कार्यालयमा रहेका केही महत्वपूर्ण कागजात र फर्निचरका सामान जलेर नष्ट भएको पर्यटन कार्यालयले जनाएको छ ।

त्यस्तै, खानेपानी संस्थानको कार्यालयमा मोर्चाको नेता कार्यकर्ताले तोडफोड गर्दै आगजानीको प्रयास गरेका छन् । कार्यालयको झ्याल तथा केही फर्निचरका समान तोडफोड भएको कार्यालयले जनाएको छ ।

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सङ्घीय समावेशी गठबन्धन, प्रगतिशील मधेशी समाज, मधेश अधिकार सङ्घर्ष समिति, मधेश क्रान्ति सङ्घर्ष समितिले जनकपुर बजार बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् ।
त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्यास र लठ्ठी प्रहार गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>