समाचारआइतबार, पौष १२, २०७२

सर्वोच्चद्वारा अख्तियारलाई कारण देखाउ आदेश

हिमालखबर

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई साझा यातायातका अध्यक्ष एवम् पत्रकार कनकमणि दीक्षितसँग सम्पत्ति विवरण माग गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलाशले दीक्षितको रिटमाथि १२ पुसमा सुनुवाई गर्दै अख्तियारलाई कारणसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ– “सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न र अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अख्तियारलाई बोलाएकोे छ ।”

आयोगले गत १७ मंसीरमा पत्र दिई सात दिनभित्र उपस्थित हुन दीक्षितलाई पत्र पठाएपछि उनले कानूनविपरित व्यक्तिगत सम्पत्तिको विवरण मागेको भन्दै २९ मंसीरमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

दीक्षित हिमाल खबरपत्रिकाका प्रकाशक समेत हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>