समाचारआइतबार, पौष १२, २०७२

मोर्चाद्वारा विराटनगर घटनाको निन्दा, आन्दोलन शान्तिपूर्ण बनाउन अनुरोध

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले लाठी प्रहार भएको घटनाको विरोध र निन्दा गरेको छ ।

११ पुसमा विराटनगर–जोगवनी सीमानाकामा धर्ना बसेका राजेन्द्र महतो नेतृत्वको समूह र प्रहरीबीच झडप हुँदा महतो घाइते भएका थिए ।

१२ पुसमा काठमाडौंमा बसेको मोर्चाले उक्त घटनाका सम्बन्धमा न्यायिक छानविन गरी दोषिमाथि अविलम्ब कार्वाहीको माग समेत गरेको छ ।

त्यसैगरी मोर्चाले तराईमा जारी आन्दोलनलाई शान्तिपूर्ण बनाउन पनि आह्वान गरेको छ । मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोर्चाको निर्णय अनुसार घोषित विरोधका कार्यक्रमहरुमा शान्तिपूर्ण आन्दोलन सञ्चालन गर्न गराउन मोर्चासँग आबद्ध सबैमा मोर्चा अनुरोध गर्दछ ।”

बैठकपछि मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले वार्ताबाटै निकास चाहेको बताए । उनले भने, “हामी वार्ताबाट निकास चाहान्छौं तर, सरकार दमन गरिरहेको छ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>