रमझमसोमबार, मंसिर ११, २०६९

उद्यमशीलतालाई भिटामिन

हिमालखबर


सम्पत्ति विज्ञान
लेखकः जीवनप्रसाद राई
प्रकाशकः जिपा फाउण्डेसन
मूल्यः रु.२००,
पृष्ठः १८२+१०

केही व्यक्ति त्यही ‘केही’ रुपैयाँको योगबाट करोडपति बन्छन् भने धेरैजसो जति संघर्ष गरे पनि जीवन कंगाल बनेको दुःखेसो गरिरहन्छन्। जबकि, सबैले सम्पत्ति कमाउने समान अधिकार र समय (२४ घण्टा) पाएका हुन्छन्। यसमा गडबड केले पारिरहेको छ त?

नेपालको स्वतन्त्र कृषि अध्ययन र लेखनमा लागेका जीवनप्रसाद राईका अनुसार, यसमा समय र पैसाको व्यवस्थापनले असर पारिरहेको हुन्छ। अर्थात्, २४ घण्टा समय र त्यस अवधिको आर्जनलाई व्यवस्थित हिसाबले अगाडि बढाउने हो भने सबै करोडपति नभए पनि कोही कंगाल रहँदैनन्, देश उँभो लाग्छ। लेखकले यो सरल मन्त्रलाई आफ्नो नवौं कृति सम्पत्ति विज्ञान मा समेटेका छन्। आवरण हेर्दा फ्लोरेन्स लिट्टौएरको पर्सानालिटी प्लस वा स्वेट मर्डनको धन कुवेर कैसे बनें कोटिको लाग्ने किताबले सम्पत्ति आर्जनबारे धेरै व्यावहारिक विश्लेषण गरेको छ।

सरल भाषाको ५७ वटा आलेखमा रातारात धनी बन्ने विद्या हैन पैसाप्रतिको धारणा, पैसाको संजाल, व्यक्तिगत/संस्थागत लेनदेन र प्रहरी/गुण्डा/नेता प्रयोगदेखि पैसासँग जोडिने प्रेरणा तथा ब्याङ्किङ बचतसम्मको वर्णन छ। किताबले उदाहरणलाई व्याख्याको आधार बनाएको छ। नेपाली उद्यमशीलताका लागि यो किताब भिटामिन चक्की बन्ने देखिन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>