थप समाचारसोमबार, पौष १३, २०७२

एम्बुलेन्स दुर्घटनामा एउटै परिवारका ३ जनाको मृत्यु

हिमालखबर

धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान (घोपा)वाट विरामी लिएर पाँचथर सदरमुकाम फिदिम जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदै एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको गोदक–४, स्थित घट््टागोलाईमा विहान ४ बजे दुर्घटना भएको हो । सडकबाट झण्डै तीन समय मिटर तल एम्बुलेन्स खस्दा पाँचथर एकतिनका आनन्द खत्री (अधिकारी), उनकी फुपु नरिमाया चौहान र हजुरआमा रेनुका अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख उत्तम भण्डारीका अनुसार रेनुका अधिकारीको उपचार गरेर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।
मे १ च १४४७ नम्बरको जनमैत्री सेवाको एम्बुलेन्स दुघर्टनामा परेको हो ।

तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाबाट घाइते भएकाहरुको उपचार भइरहेको छ ।

-लक्ष्मी गौतम, फिदिम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>