थप समाचारसोमबार, पौष १३, २०७२
घर जल्दा दुई जनाको मृत्यु
मकवानपुरको थाहा नगरपालिका–२, स्याउली बजारमा गएराति आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ ।
देवेन्द्र कार्कीको घरमा होटल चलाएर बसेकी माया थोकर (४६) र माइली थिङ (४०) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दिदीबहिनी हुन् ।
उनीहरुको शव १३ पुस बिहान निकालिएको छ । ६ जना बस्ने घरमा अरु बाहिर निस्कन सकेपनि उनीहरु घरभित्रै जलेका थिए ।
विजुली नभएकाले मैनबत्तीबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
-सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
