समाचारसोमबार, पौष १३, २०७२

माेर्चाकाे मागबारे प्रमुख तीन दलले साझा धारणा बनाउने

हिमालखबर

11201943_10205630386219104_1872834969813229128_nतराई–मधेशमा जारी मोर्चाको आन्दोलनबारे प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले साझा धारणा बनाउने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारको खुल्ला चउरमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुले साझा धारणा बनाउने सहमति गरेका हुन् । यसअघि, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले असहमति जनाउँदै आएको थियो ।

मधेशमा चार महीना लामो आन्दोलनलाई आधार बनाएर भारतले नाकाबन्दी जारी राखेका कारण जनजीवन प्रभावित भएको र अर्थतन्त्र नराम्ररी प्रभावित भएको भन्दै समस्या समाधान गर्न सहमतिका साथ अगाडि बढ्ने निष्कर्ष निकालिएको नेताहरुले बताएका छन् ।

एमालेका बरिष्ठ नेता झलनाथ खनालले भने, “प्रमुख तीन दलबीच लामो छलफल भयो । छोटो निष्कर्ष निकालिएको छ । समस्या समाधान गर्ने दिशातिर नै छलफल केन्द्रित रह्यो ।”

उनका अनुसार प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सत्तारुढ पक्षको अरु दिनभन्दा असाध्यै सघन र समस्या समाधान गर्ने लक्ष्यका साथ छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता खनाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह तथा नेताहरु डा रामशरण महत र डा मीनेन्द्र रिजाल सहभागी थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>