थप समाचारमंगलबार, पौष १४, २०७२

सर्लाहीका एमाले नेता यादवको हत्या

हिमालखबर

Ramnaresh-Yadav-Sarlahiएमाले सर्लाही जिल्ला कमिटी सदस्य रामनरेश यादवको आज विहान सर्लाहीकै हेमपुरमा हत्या भएको छ ।

हेमपुर गाविसका पूर्व गाविस अध्यक्ष समेत रहेका यादवको हेमपुर र रनियाबीचको नहर नजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको स्थानीयले बताएका छन् ।

‘मर्निङ वाक’ मा रहेका यादवको घाटी र अनुहारमा धारिलो हतियार प्रहार भएको छ । उनको हत्या कसले र किन गर्‍यो भन्ने बारे अहिलेसम्म केही खुलेको छैन ।

अहिले घटनास्थलमा प्रहरी पुगिसेकको र अनुसन्धान प्रक्रिया थालिएको सर्लाहीका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए ।
विश्वनाथ ठाकुर, सर्लाही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...