थप समाचारमंगलबार, पौष १४, २०७२
नेपाल जेसीजको अध्यक्षमा पोखरेल
नेपाल जेसीजको ४२ औं राष्ट्रिय महाधिवेशनबाट जगतप्रसाद पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।
१४ पुसमा कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवल जेसीजका पोखरेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अध्यक्ष पदमा उनले चारजना प्रतिस्पर्धीलाई पराजित गरेका हुन् । अध्यक्षमा विजयी पोखरेलले ६६१ मत पाए भने निकटतम प्रतिस्पर्धी संगीता शर्माले ५२१ मत प्राप्त गरिन् ।
कार्यकारी उपाध्यक्षमा इटहरीका भेषजा काफ्ले, लाहानका राजाबाबु शाह, इटहरीका महेश पौडेल र चितवनका अरुणेश्वर खनाल विजयी भएका छन् ।
त्यस्तै जेसीजको राष्ट्रिय उपाध्यक्षमा भक्तपुरका रश्मि सिल्पाकार, कपिलवस्तुका विनोद सुवेदी, गोरखाका अञ्जनकुमार खत्री, लमजुङका सिता श्रेष्ठ, बुटबलका यमकुमारी सुवेदी, चितवनका विश्वास रायमाझी, धनगढीका पदमविक्रम सिंह, धादिङका अप्सरा कोइराला, बुटबलका अशोक कोइराला, झापाका विजय सिटौला, ललितपुरका सविना बज्राचार्य र
विराटनगरका दिल्लीप्रसाद ढकाल निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएका पोखरेलले कोषाध्यक्षमा महेन्द्रनगर जेसीजका लक्ष्मण भट्ट, महासचिवमा धरानका विष्णु बराल र कानुनी सल्लाहकारमा नारायणघाटका मनुषा थैव श्रेष्ठलाई मनोनित गरेका छन् ।
जेसीज विधानमा निर्वाचित अध्यक्षले १७ जनालाई मनोनित गर्न पाउने प्रावधान रहेको छ ।
महेन्द्रनगर जेसीजको आतिथ्यमा नेपाल जेसीजको ४२ औं राष्ट्रिय महाधिवेशन शुक्रबार महेन्द्रनगरमा उद्घाटन गरिएको थियो ।
बच्चु बिक, कञ्चनपुर