थप समाचारमंगलबार, पौष १४, २०७२

रौतहट: मोर्चाद्वारा दुई ट्रकमा आगजनी

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्याकर्ताहरुले रौतहटको गरुडा नगरपालिकामा इँटा लोड गरिएको दुई वटा ट्रकमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा बोकी चन्द्रनिगाहापुरतर्फ आउन लागेका ना५ख १६७० र ना४ख ४६०५ नं को ट्रकमा मोर्चाका कार्यकर्ताले १३ पुस राति आगजनी गरेका हुन् ।

आगजनीबाट ट्रकमा आंशिक क्षति पुगेको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट गएको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...