Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महतोको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १४, २०७२

महतोको स्वास्थ्यलाभको कामना गर्दै पूजापाठ

हिमालखबर

pujaविराटनगरमा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राजविराजमा विशेष पूजापाठ गरिएको छ ।

११ पुसमा विराटनगर–रक्सौल सीमा क्षेत्रमा धर्ना बसेका महतोको प्रहरीसँगको झडपमा घुँडा, टाउको र हातमा चोट लागेपछि उनलाई विराटनगरस्थित गोल्डेन हस्पिटलमा भर्ना गरिएको थियो । अहिले उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

मधेशी मोर्चाका नेता/कार्यकर्ताहरुले विधिपूर्वक स्थानीय शिव मन्दिर प्राङ्गणमा महामृत्युञ्जय पाठका साथै उनको स्वास्थ्य लाभको कामना सहित विशेष पूजा गरेका हुन् ।

उच्चरक्त चाप र मधुमेहका बिरामी महतोको हातका दुई वटा औंला भाँच्चिएको र घाउ निको हुन नसकेको सदभावना महासचिव मनिषकुमार सुमनले जानकारी दिए ।

“घाउमा इन्फेक्सन भएको छ, रगतमा चिनीको मात्रा बढी छ, दुईतीन दिनमा पनि सञ्चो हुन सकेन भने दिल्ली लैजान्छौं,” सुमनले भने ।

राजविराजमा गरिएको पूजापाठमा आचार्य अमोद झाले महामृत्युञ्जय पाठ गरेका थिए भने सद्भावनाका केन्द्रीय सदस्य दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा लगायतका नेताहरु पूजामा सहभागी थिए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>