Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गुरुङ भाषाको फिल्म 'कर्मक्याँ' आउँदै - Himalkhabar.com

रमझममंगलबार, पौष १४, २०७२

गुरुङ भाषाको फिल्म ‘कर्मक्याँ’ आउँदै

हिमालखबर

गुरुङ भाषाको फिल्म कर्मक्याँ (कर्मरेखा) को हालै छायाङ्कन सम्पन्न भएको छ । गुरुङ भाषा र संस्कृतिमा आधारित यो फिल्म दुई महिनापछि प्रदर्शनमा आउने भएको छ ।

तस्वीर: युवराज श्रेष्ठ

तस्वीरहरु: युवराज श्रेष्ठ

लमजुङको विम्दा, नाल्मा, बेसीशहर लगायतको स्थानमा एक महिना लगाएर हालै छायाङ्कन सकिएको चलचित्र युनिटले जनाएको छ ।

फिल्ममा करिब २५–३० बर्ष अघिका युवाले भोग्नुपर्ने संघर्षलाई समेटिएको निर्देशक जस्सु गुरुङले बताएईन् । उनले भनिन्, “गाउँघरमा मोटरबाटो, सञ्चार लगायतका सुविधा नभएको त्यसबेला टाढा रहेका आफन्त एवं युवाले भोगेका समस्या चलचित्रमा समेटिएको छ ।”

चलचित्रमा गुरुङ सँस्कृतिमा आधारित रोँधी, कृष्ण चरित्रका साथै अन्य सँस्कृतिलाई सुन्दररुपमा प्रस्तुत गरिएको र लमजुङको नाल्मा र बिम्दा गाउँमा बोलिने गुरुङ भाषामा फिल्मको संवाद रहेको उनले जानकारी दिइन् ।

तस्वीर: युवराज श्रेष्ठ

चलचित्रले बैदेशिक रोजगारका समस्यालाई पनि समेटेको चलचित्र युनिटले जनाएको छ ।

झण्डै १५ लाख रुपैयाँको लागातमा निर्माण गरिएको चलचित्र कर्मक्याँ अहिले सम्पादनको चरणमा रहेको चलचित्र युनिटले जनाएको छ ।

चार वटा गीत रहेको चलचित्रमा धनबहादुर गुरुङ र मालती गुरुङले स्वर दिएका छन् । यसअघिका गुरुङ भाषाका चलचित्र भन्दा कर्मक्याँ फरक रहेको र दर्शकले नयाँ स्वाद पाउने निर्देशक गुरुङको दबी छ ।

हनेरी क्याप्टेन लोकबहादुर गुरुङ र धर्ममाया गुरुङ निर्माता रहेको चलचित्र कर्मक्याँमा कथा, गीत र संगीत शंकर गुरुङ ‘बतासे’को छ ।

तस्वीर: युवराज श्रेष्ठ

चलचित्रमा कलाकारहरु सुजित गुरुङ, रिया गुरुङ, विष्णु गुरुङ लगायत नाल्माका स्थानीयको अभिनय हेर्न पाइनेछ ।

चलचित्रमा सह–निर्देशन गजेन्द्र गुरुङ, सम्पादन रञ्जित राना, भेषभुषा उपेन्द्र गुरुङ, मेकअप शम्शेर गुरुङ र छायाङ्कन भेष गुरुङ र खेम थापा मगरले गरेका छन् ।

-युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>