Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चीनले १४ लाख लिटर पेट्रोल अनुदान दिने - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १४, २०७२

चीनले १४ लाख लिटर पेट्रोल अनुदान दिने

हिमालखबर

चीनले नेपाललाई १४ लाख लिटर पेट्रोल अनुदानमा उपलब्ध गराउने भएको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् ।

1

तस्वीर: रासस

६ दिन लामो चीन भ्रमणबाट १४ पुसमा स्वदेश फर्केका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा चिनियाँ सरकारले १० मिलियन आरएमबी (करिब रु १६ करोड) बराबरको पेट्रोलियम पदार्थ अनुदान सहयोग गर्ने जानकारी दिएका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीसँग थापाले भने, “पहिले अनुदानमा उपलब्ध गराएकै परिणामा चीनले फेरि पेट्रोलियम पदार्थ गराउँदैछ। यो हालको संकटका लागि मात्र हो।”

यसअघि पनि चीनले दस मिलियन आरएमबी बराबरको पेट्रोल उपलब्ध गराएको थियो ।

थापाले नेपालमा दीर्घकालीन रुपमा इन्धन आपूर्ति गर्नेसम्बन्धमा चिनियाँ अधिकारीसँग महत्वपूर्ण छलफल भएको बताउँदै ‘परिणाम पनि छिटै आउने’ बताए ।

प्रधानमन्त्रीको भ्रमणमा थप सम्झौता हुने
नेपाल चीनबीच आर्थिक सम्बन्धको रुपरेखा तयार पार्न आफ्नो भ्रमण सफल भएको दाबी गर्दै थापाले इन्धन सम्झौताको बाटो पनि खुलेको बताए ।

त्यसैगरी पारवहन सन्धि, लगानी सुरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) र स्वतन्त्र व्यापार सम्झौताबारेमा पनि सकारात्मक छलफल भएको उनले जानकारी दिए। केरुङ हुँदै नेपालसम्म रेल ल्याउने विषयमा पनि छलफल भएको उनले बताए ।

यसबारे नेपालका प्रधानमन्त्रीबाट चीनमा छिटै हुने भ्रमणका बेला सम्झौतामा हस्ताक्षर हुने भन्दै उनले अहिले दुवै पक्षबाट व्यापक गृहकार्य भइरहेको बताए ।

उनले चिनियाँ पक्षबाट पनि नेपालमा छिटै उच्चस्तरीय भ्रमण हुने बताएका थिए ।

नेपाल(चीन बीचका नौवटा नाका प्राथमिकताका आधारमा क्रमश सञ्चालनमा ल्याउने सहमति भएको जानकारी दिंदै थापाले अरनिको राजमार्ग तुरुन्तै सञ्चालनमा ल्याउने तथा रुसवागडी–स्याफ्रुबेँसी सडकको स्तरोन्नती गर्ने विषयमा समेत समझदारी भएको उनले बताए ।

भ्रमणका क्रममा आफूले चिनियाँ उपराष्ट्रपति तथा सिचुवान प्रान्तका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेको भन्दै थापाले चीनको सिचुवान प्रान्तका अधिकारीहरूले जलविद्युत् उत्पादनका क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त गरेको पनि जानकारी दिए ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थापा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत बुधबार नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>