समाचारमंगलबार, पौष १४, २०७२

नाकाको धर्ना हटाउन अर्को बैठकमा छलफल हुन्छ: ठाकुर

हिमालखबर

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले १९ पुसपछि बस्ने मधेशी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितका विषयमा छलफल हुने बताएका छन् ।

१४ पुसमा रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै ठाकुरले पुस १९ गतेसम्मका लागि आन्दोलनका कार्यक्रमहरु पहिल्यै निर्धारण भइसकेकाले त्यसपछि बनाइने कार्यक्रममा सीमा–नाकामा मोर्चाले गरिरहेको धर्ना हटाउन सकिने बताएका हुन् ।

उनले भने, “मोर्चाले समय समयमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै आएको छ । अहिले पुष १९ गते सम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका अजेण्डाहरुमा छलफल हुन सक्छ ।”

अध्यक्ष ठाकुरले मोर्चाको ११ बुँदे प्रस्तावमा बुँदागत छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै अघि बढदै जानुपर्ने बताए । उनले सरकार र दलहरुका तर्फबाट विश्वासिलो वातावरण बन्न नसकेको जिकिर गरे ।

उनले भने, “तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु प¥यो नि । अहिलेसम्म भएका लिखित सहमतिको उल्लंघन भएको छ । तीन महिना भन्दा भन्दै चार महिना भईसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि ।”

उनले सहमति नहुन्जेलसम्म आन्दोलन जारी रहने भन्दै सरकारले वार्ताबाट समस्याको समाधान नचाहेको आरोप लगाए । उनले सरकारकै कारण अहिलेसम्म कांग्रेस र एमाओवादीसँग भएका वार्ता समेत निष्कर्षमा पुग्न नसकेको बताए ।

अर्को जिज्ञासामा उनले तराईमा सिके राउतले नभई सकरकारले विखण्डनको कुरा गरिरहेको भन्दै विखण्डन आफूहरुको एजेण्डा नभएको र आफूहरुले नमागेको स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>