समाचारमंगलबार, पौष १४, २०७२
मोर्चाको नाराबाजीबीच संविधान संशोधन विधयेकमाथि छलफल जारी
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सांसदहरुको नाराबाजीबीच व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयकमाथिको छलफल जारी छ ।
विधेयक प्रस्तावमाथि आज दोस्रो दिन पनि छलफल भएको छ । छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले कुनै जात, क्षेत्र, भूगोल र जनतालाई विभेद गर्ने पक्षमा आफ्नो दल नरहेको बताए ।
उनले जनताको भावनालाई समेट्ने र संविधानमा सबैको अपनत्व होस् भनेर संशोधन विधेयक अघि बढाइएकाले बिना अवरोध यसलाई टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरे ।
नेकपा एमालेका सांसद शेरबहादुर तामाङले पहाड र हिमालको भूगोल केही होइन, तराईका जनताले उठाएको मागका आधारमा मात्रै निर्वाचन क्षेत्रको सीमा कोर्ने पक्षमा आफूहरु नरहेको बताए ।
एमाओवादीका सांसद निशा साहले निर्वाचन क्षेत्र निधारण गर्दा मधेशमा जनसङ्ख्याको आधारमा कायम गर्न र छिटोभन्दा छिटो प्रदेशको सीमाङ्कन टुङ्ग्याउन माग गरिन् ।
संविधान संशोधन विधेयकमा सांसदले बोल्ने क्रम अझै बाँकी रहेको सभामुख ओनसर घर्तीले बताइन् । उनले अर्काे बैठक १६ पुस दिउँसो १ बजे बोलाएकी छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
