थप समाचारमंगलबार, पौष १४, २०७२

राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदाममै

हिमालखबर

बाङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल अझै पनि खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएको छ ।

खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार क्विन्टल चामल गोदाममै थन्काउनु परेको हो ।

उनले बाङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको एक लाख क्विन्टल चालम पूर्वी नाका काँकडभिट्टा हुँदै गत जेठमा ल्याएर खाद्य संस्थान कार्यालय, मेचीको गोदाममा थन्काएको जानकारी दिए ।

अञ्चल प्रमुख उपाध्यायका अनुसार हालसम्ममा ३९ हजार क्विन्टल चामलमात्र प्रभावित क्षेत्रमा पठाइएको छ । “हाम्रो खुशीले काम गर्ने कुरा आउँदैन । सरकारको नीतिअनुसार चल्नुपर्दा आजसम्म चामल गोदाममै राख्नुपरेको हो ।”

उनले प्रभावित क्षेत्रमा चामल ढुवानीका लागि हरहर महादेव ढुवानी सेवा सङ्घ हेटौँडासँग सम्झौता भइसकेको जानकारी दिँदै भने “अब चाँडै प्रभावित क्षेत्रका पीडितसामु चामल पुग्नेछ ।”

राहतका लागि आएको चामल खाद्य संस्थान कार्यालय, बिर्तामोड र चन्द्रगढीका पाँचवटा गोदाममा छ ।

त्यसैगरी, बङ्गलादेश, भारत र सिक्किमबाट राहतका लागि प्राप्त तीन ट्रक कम्बल आज झापाबाट गोर्खा र नुवाकोटलगायतका प्रभावित क्षेत्रमा पठाइएको छ ।

मेची भन्सार परिसरस्थित इन्टरमोडल कम्पनीको गोदाममा रहेको पाँच ट्रक कम्बलमध्ये सोमबार दुई ट्रक सिन्धुपाल्चोक र रसुवाका लागि पठाइएको प्रजिअ तेजप्रसाद पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>