थप समाचारमंगलबार, पौष १४, २०७२

पूर्वाधार पुगेपछि मात्र ठमेल २४ घन्टा खुल्ने

हिमालखबर

चौबिसै घन्टा खोल्ने भनिएको पर्यटकीय ठमेल बजार भौतिक पूर्वाधार कमजोर भएको कारण तत्काल नखुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भौतिक पूर्वाधार नपुगेको भन्दै तत्कालका लागि २४ घन्टा बजार खोल्नका स्वीकृति नदिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

ठमेलमा सडकको स्तरोन्नती, सिसी टिभी क्यामेरा जडान र सोलार बत्ति जडानलगायतका भौतिक पूर्वाधार निर्माण कार्य पूर्ण भएपछि मात्र ठमेल २४ घन्टा खुला गर्ने उनले बताए।

थपलियाका अनुसार नयाँ वर्ष २०१६ मा भने ठमेल बिहान ४ बजेसम्मका लागि खोलिने भएको छ । त्यसका लागि विशेष कार्यक्रमको पनि तयारी भइरहेको उनले जानकारी दिए ।

विशेष कार्यक्रमको उद्घाटन पर्यटन मन्त्रीबाट हुने र विभिन्न सांस्कृतिक कार्यक्रम र डिजे रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नयाँ वर्षको विशेष कार्यक्रम साँझ ४ बजेबाट शुरु हुने छ । त्यस दिन १८ वर्षभन्दा कम उमेरकालाई प्रवेश निषेध गरिने आयोजकले जानकारी दिएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>