थप समाचारमंगलबार, पौष १४, २०७२

एमाले नेता यादवको हत्या विरुद्ध काठमाडौंमा प्रदर्शन

हिमालखबर

rrrनेकपा एमाले सर्लाहीका नेता रामनरेश यादवको हत्यारालाई तत्काल पक्राउ गर्न माग गर्दै काठमाडौं प्रदर्शन भएको छ ।

एमालेको जनवर्गीय संगठन अनेरास्ववियु र एमाले सर्लाही–काठमाडौं सम्पर्क मञ्चले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद् हरि उप्रेति, अनेरास्ववियुका सचिव राधिका खतिवडालगायतले नेतृत्व गरेका थिए ।

मधेशको आन्दोलन कमजोर भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल एमालेलाई उत्तेजित बनाउने नियतले आक्रमण भएको आरोप उनीहरुले लगाए । प्रदर्शनमा मोर्चा विरुद्ध समेत नाराबाजी भएको थियो ।

अाज विहान एमाले नेता यादवकाे हत्या भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>