समाचारबुधबार, पौष १५, २०७२
गाउँगाउँबाट कार्यकर्ता ल्याएर वीरगञ्जमा प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बारा र पर्साका विभिन्न गाउँबाट कार्यकर्ता ल्याएर वीरगञ्जमा प्रदर्शन गरेको छ ।
एक दर्जन बढी ट्याक्टरबाट ल्याइएका मोर्चाका कार्यकर्ताले बजार पशल बन्द गराउँदै आगजनी तथा तोडफोड समेत गरेका छन् । प्रदर्शनका क्रममा २ वटा मोटर साइकल, एक माइक्रो र एक टेम्पु तोडफोड गरिएका छन् ।
घण्टाघर अगाडि ना १ ह ९६२ नम्बरको टेम्पु, ना १ ज १७१२ नम्बरको माईक्रो, ना १६ प ३८३ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ । धर्नामा बस्नका लागि बारा र पर्साबाट मोर्चाका कार्यकर्ता ल्याइएका छन् ।
-जियालाल साह, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>