अर्थ/बजारबुधबार, पौष १५, २०७२
रसुवा भन्सारको वार्षिक लक्ष्य चालिस दिनमै पूरा
नेपाली व्यवसायीले खरिद गरी ल्याएका चिनियाँ सामग्री केरुङहुँदै भित्रन थालेपछि भन्सार राजस्व ह्वात्तै बढेको छ ।
सामान आयातबाट १४ पुस साँझसम्म रु ३९ करोड ६३ लाख राजस्व सङ्कलन भएको छ । कार्यालयले यस वर्षको लक्ष्य रु ३९ करोड राखेको थियो ।
वार्षिक लक्ष्य ४० दिनमै पूरा भएको भन्सार कार्यालय टिमुरेका प्रमुख केदार पनेरुले बताए ।
चीनबाट आयत भएका सामग्रीमा कपडा, स्याउ, मोटरपार्ट्स, बिजुलीका सामान, इलेक्ट्रोनिक सामान, रेडिमेट कपडा, जुत्ता, चप्पल, कच्चा ऊन, लसुन, प्याजलगायत छन् ।
दैनिक सरदर २० ट्रक जाँचपास गर्ने गरेको तथा भन्सार परीक्षणका लागि १६ जना जाँचकी तैनाथ रहेको भन्सार कार्यालयले जनाएको छ ।
भूकम्पका कारण उक्त नाका गत असोज २९ बाट मात्र पुनः सञ्चालनमा आएको हो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
