समाचारबुधबार, पौष १५, २०७२
साइकलमा सुशील कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई वातावरण मन्त्रालयले साइकल प्रदान गरेको छ ।
कोइराला निवास महाराजगञ्जमा जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले १५ पुस दिउँसो साइकल हस्तान्तरण गरेका हुन् ।
‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत प्रदान गरिएको उक्त साइकल पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर चढेका थिए ।
‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दैआएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
