समाचारबुधबार, पौष १५, २०७२
दश दिनमा मधेशको समस्या समाधान हुन्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्या दश दिनमा समाधान हुने दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा १५ पुस साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधानका लागि मधेशी मोर्चासँग औपचारिक/अनौपचारिक वार्ता भइरहेको उल्लेख गरे ।
नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवम् उदारताका साथ सरकार वार्तामा अगाडि बढेको भन्दै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।
उनले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने पनि दोहोर्याईए ।
उनले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने बताएका थिए ।
प्रधानमन्त्रीसमक्ष सोही अवसरमा भारतको अररिया बस्ने सुनील बेगवानी र उनकी आमाले आफ्नी छोरी अनु कोचरको ६ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी ज्ञापनपत्र बुझाए ।
विष सेवनका कारण मृत्यु भएको भनिए पनि उनीहरुले आफ्नी छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रुपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
