समाचारबुधबार, पौष १५, २०७२

समाधानको फ्रेमवर्क बनिसकेको छः भारतीय राजदूत

हिमालखबर

ranjit-rae-1-555x335नेपालकालागि भारतीय राजदूत रञ्जित रेले नेपाल सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापन पत्र १५ पुसमा बुझ्दै राजदूत रेले भने, “सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ । यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ ।”

समाधानको फ्रेमवर्क बनिसकेकोले गम्भीर संवाद भए समस्या छिट्टै समाधान हुने भन्दै उनले समस्या धेरै ठूलो नभएकोले समाधान पनि गाह्रो नभएको बताए ।

उनले भने, “राजनीतिक समस्या बातचितबाट समाधान हुन्छ । वार्ता जारी छ, आशा गरौंं, तुरुन्तै निर्णय आउँछ र नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्छ ।”

भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दावी गर्दै छिमेकमा अस्थिरता हुँदा आफूहरु त्यसैमा अल्झिने र  विकासमा असर पर्ने राजदुत रेले बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध कसैले बिगार्न चाहे पनि नसक्ने खालको प्रगाढ रहेको भन्दै नजिक हुँदा कहिले काही चिसोपन आउनु स्वभाविक भएकोले त्यसलाई बातचित गरेर सुधार्ने बताए । भने, “म आशाबादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ, त्यसको विकल्प छैन ।”

उनले नेपाल र भारतवीच पीडीए र पीटिएसहितका महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वयनमा समस्या आउने गरेकोले सकारात्मक सन्देश जान नसकेको भन्दै अब सम्झौताहरु दुबै मुलुकका सरकारले कार्यान्वयनमा लिएर जानु पर्ने बताए ।

नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भईरहेको बताएका रेले अगाडी भने, “नेपालको विकासमा भारतको सहयोगको आवश्यकता छ । यहाँ भारत विरोधी भावना बढे दुवै देशको हित हुँदैन ।”

नेपालले ईन्धन लगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले नेपाल सार्वभौम मुलुक भएकोले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा सोधेको प्रश्नमा राजदुत रेले केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गर्दै भारतले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने बताए ।

नेपाल र भारतवीचको सम्बन्धमा देखिएको चिसोपन अन्त्यको लागि पहल गर्न आग्रह गर्दै क्लबले राजदूतलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>