थप समाचारबिहीबार, पौष १६, २०७२

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, नाका खुलाउनेबारे छलफल

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

फोनवार्तामा दुई प्रधानमन्त्रीबीच ४ असोजदेखि हुँदै आएको नाकाबन्दी खुलाउनेबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । मोदीले रक्सौलबाहेकका सवै नाका खुला भइसकेको र चाँडै रक्सौल नाका पनि खुल्ने बताए ।

नयाँ वर्षको शुभकामनादेखि दुई देशबीचको सम्बन्धबारे समेत कुराकानी भएको थियो । नाकाबन्दीपछि प्रधानमन्त्री मोदीसँग भएको यो तेस्रो फोन सम्वाद हो । यसअघि, प्रधानमन्त्री निर्वाचित भएपछि र रक्सौलमा भारतीय नागरिकको मृत्यु हुँदा मोदी र ओलीबीच फोन सम्वाद भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् । प्रधानमन्त्री ओलीले पनि निम्तो स्वीकार गरेको दाहालले बताए ।

विहान १०ः३५ बजे बार्ता भएपछि प्रधानमन्त्री ओली गृह जिल्ला झापा गएका छन् । उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>