समाचारबिहीबार, पौष १६, २०७२
राजेन्द्र महतोलाई रक्तचाप र मधुमेहको समस्या
प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई रक्तचाप र मधुमेहको समस्या देखिएको छ ।
उनको शारिरीक चोट ठीक हुँदै गएपनि पुरानो रोग बल्झिएको अस्पताल स्रोतले जनाएको छ ।
बिराटनगरको रानी भन्सार नाका अवरोध गर्ने क्रममा १२ पुसमा भएको झडपमा महतोको टाउको, हातका औला र घुँडामा चोट लागेको थियो । बिराटनगरको गोल्डेन अस्पतालमा प्राथामिक उपचार गरिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार महतोको रक्तचाप र मधुमेहको समस्या बल्झिएपछि काँधको जोर्नीमा जाम हुने समस्या देखिएको छ । हाल उनको फिजियोथेरापी गरिदैछ ।
१६ पुस विहान ८ बजे महतोको रक्तचाप १५०/९० छ । स्वास्थ व्यक्तिको रक्तचाप सामान्यतया १२०/९० हुने गर्दछ । यसैगरी, उनको रगतमा चिनीको मात्रा खाली पेट (फास्टिङ) हुँदा १७० र खाना खाएपछि (पीपी) ३०३ छ ।
१३ पुसमा बिराटनगरबाट उपचारका लागि प्रतिष्ठान पुर्याँउदा महतोको रक्तचाप १७०/९० रहेको थियो । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका अस्पताल बिभागका उपनिर्देशक डाक्टर पशुपति चोैधरीले महतोको स्वास्थ्य सुधार हुँँदै गएको तर मधुमेहका कारण चोट निको हुन केही ढिलो भएको बताए ।
–गोपाल गडतौला, झापा