Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नाकामा धर्ना बसेका र स्थानीय बीच झडप, ८ जना घाईते - Himalkhabar.com

थप समाचारबिहीबार, पौष १६, २०७२

नाकामा धर्ना बसेका र स्थानीय बीच झडप, ८ जना घाईते

हिमालखबर

वीरगञ्ज–रक्सौल नाकामा धर्ना बसेका मधेश केन्द्रित दलका कार्यकर्ता र भारतबाट सामान ल्याउने स्थानीयबीच १५ पुस राति पनि झडप भएको छ ।

१५ पुस राति वीरगञ्ज पशुपतिनगर अहिरवा टोलका स्थानीयले मोटरसाईकलमा समान ओसार्न थालेपछि दुबै पक्षबीच झडप भएको हो । झडपमा धर्नाकारी ३ जना र सामान ओसार्नेहरु ५ जना घाइते भएको बुझिएको छ ।

झडपमा वीरगञ्ज– १९ पशुपतिनगर अहिरवा टोलका महेन्द्र कुमार राम, जुत राम, राजु राम, दुर्योधन राम, जयलाल राम घाईते भएका हुन् । झडपमा आन्दोलनकारी तर्फ बारा सिसहनीयाका वृज किशोर महतो, पर्सा मिर्जापुर अमर यादव र भेडिहर्वा निवासी शिवपुजन घाईते भएका छन् ।

घाईते मध्ये वृज किशोर महतोको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भैरहेको अस्पताल स्थित प्रहरी बिटले जनाएको छ ।

सामान ल्याउनेहरु भन्दा आन्दोलनकारीको संख्या बढी भएकोले प्रतिकार गर्न सफल भएको नेपाल सदभावना पार्टीका पर्सा सचिव कृष्णा पटेलले बताए ।

सामान ओसार्न प्रयोग गरिएको नम्बर नखुलेको एउटा मोटरसाईकलमा समेत तोडफोड गरेको संघीय समावेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादवले बताए ।

यसअघि १४ पुस र १३ पुस राति धर्नामा बसेकाहरुलाई नेपाल र भारतका व्यापारी एवं उनीहरुका समर्थकहरुले लखेटेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>