समाचारबिहीबार, पौष १६, २०७२

वीरगञ्जः यातायात व्यवसायी र प्रदर्शनकारी बीच झडप

हिमालखबर

वीरगञ्जमा यातायात अवरुद्ध पारेर प्रदर्शन गरिरहेका मधेशकेन्द्रित दलका कार्यकर्ता र यातायात व्यवसायीबीच झडप भएको छ ।

तस्वीर:

१६ पुस बिहान आन्दोलनकारीले सडक ठप्प पारेर प्रदर्शन गरेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका थिए । विरोधका क्रममा दुवै पक्षबीच हात हालाहात समेत भएको थियो ।

घण्टाघरभन्दा केही अगाडि तरकारी बजारको सामुन्ने दुवै पक्षबीच हुँदै गरेको झडप प्रहरीले हस्तक्षेप गरेपछि साम्य भयो भने त्यसलगत्तै यातायात समेत सुचारु भयो ।

सदभावना पार्टी केन्द्रीय सदस्य शिव पटेलले काठमाडौं जाने टाटासुमोको टिकट बेच्न लागेका व्यवसायीलाई कार्यकर्ताहरुले रोक्न खोजेपछि झडप भएको बताएका छन् । “केही बेर मुक्कामुक्की भयो, पछि सम्झाएर स्थिति सामान्य बनायौं,” उनले भने । त्यसक्रममा पटेलको हातमा चोट समेत लागेको छ ।

केही दिनदेखि ब्यवसायीहरुले वीरगञ्ज-काठमाडौ टाटासुमो जीप सञ्चालन गर्न थालेका छन् । यद्यपी मोर्चाको अवरोधले गर्दा नियमित हुन सकेको छैन । स्थानीय स्तरमा भने सार्वजनिक यातायात सुचारु हुन थालेको छ ।

संघीय समावेशी मधेशी गठबन्धनका नेता–कार्यकर्ताहरु माईस्थानको सडकमै बसेर बिहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टा सडक अवरुद्ध पार्दै प्रदर्शन गरेका थिए ।

अहिले वीरगञ्जको अवस्था पूर्ववत सामान्य छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>