समाचारबिहीबार, पौष १६, २०७२

संविधानले मधेशीको अधिकार संरक्षित गरेको छ: पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नयाँ संविधानले मधेशी समुदायको हकहित र अधिकारलाई सबैभन्दा बढी समेटेको बताएका छन् ।

संविधानबारे मधेशी जनतामा भ्रम सिर्जना गरेका कारण निर्दोस जनता आन्दोलित भएको दाबी गर्दै उनले संविधानले मधेशी जनतालाई सबैभन्दा बढी अधिकार दिएको बताए ।

चालिसऔँ राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा पौडेलले संविधानको कार्यान्वयनका लागि संविधान संशोधन प्रक्रियालाई संसद्बाट छिट्टै पास गराउनुपर्ने धारणा राखे ।

उनले संविधानले उत्पीडित तथा पछाडि परेका जनताको हितका लागि विभिन्न आयोगको व्यवस्था गरेको पनि उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>