समाचारबिहीबार, पौष १६, २०७२
दाहाल-ठाकुर भेट
संविधान संशोधन प्रक्रियाका विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।
बानेश्वरको एक निजी घरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध अन्त्य गर्न अनुरोध गरेको दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
भेटका अवसरमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>