समाचारशुक्रबार, पौष १७, २०७२
सुशील कोइराला सभापतिमा दोहोरिनु हुँदैनः नेता महत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले आउँदो महाधिवेशनले कांग्रेसको मूल नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बागलुङले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पुरानै नेतृत्व दोहोरिन नसक्ने बताए । सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उनले अर्को विकल्प आउने बताए ।
“अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन”, नेता महतले भने । सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
