थप समाचारशुक्रबार, पौष १७, २०७२
टोपी दिवस मनाइयो (तस्वीरहरु)
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने नाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ ।
अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रुपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरुप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताए ।
टोपी लगाएका युवायुवतीहरु वसन्तपुरमा भेला भई तस्वीर खिचेर दिवस मनाएका हुन् ।
पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताए ।
केही व्यावसायिक फोटो पत्रकारहरुले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् ।
टोपी दिवस गत ४ वर्षदेखि मनाउन थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>